चित्लाङ–चन्द्रगिरि सडक स्तरिकरणमा पहिलो सामुहिक प्रयास
काठमाडौं। आज बुधबार उत्तरी मकवानपुरका नेताहरुले सामुहिक प्रयासको थालनी गरेका छन् । पहिलो पटक नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी)का नेताहरुले समुहिक प्रयास सुरु गरेको हो । मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य महेश वर्तोलाको समन्वयमा एकिकृत प्रयासको थालनी भएको हो ।
आज साँसद वर्तोला सहित पुर्व साँसदहरु रामनारायण विडारी, सुभाष चन्द्र ठकुरी, नेपाली काँग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट ुआदर्शु, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचीव रामकृष्ण बस्नेत लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यसै आ.व.मा १० करोड बजेट माग गर्नुभएको हो । टोलीले प्रधानमन्त्रीलाई ४० करोड बराबरको श्रोत सुनिश्चीतता गराउन अनुरोध गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफुलाई चित्लाङ सडकको महत्वका विषयमा जानकारी नै रहेको बताउदै सरकारले आवस्यक बजेट उपलव्ध गराउनेमा निश्चिन्त रहन आग्रह गर्नु भएको साँसद वर्तौलाको स्वकीय आशिष अस्लामीले वताउनु भयो । गत शनिवार मात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
यो दुर्घटना उक्त सडकको सेतो पहरा नामको स्थानबाट भएको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा। महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चित्लाङ–चन्द्रगिरि सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्