मेलम्ची खानेपानी पाइएन भने यी नम्बरहरूमा सम्पर्क गर्नुस्
काठमाडौँ, माघ ३ गते । सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न समेत निर्देशन दिएको छ ।
सरकारले दिएको निर्देशन कार्यान्वयन गराउन खानेपानी मन्त्रालयले चार सदस्सीय समिति गठन गरेको छ । सोही अनुसार मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी नम्बर समेत सार्वजनिक गरेको छ ।
मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा यी नम्बरहरूमा सिधा सम्पर्क राखी कार्यान्वयन गराउन लगाउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।
यी हुन सम्पर्क नम्बरहरू:
संयोजकः पदम बहादुर कुँवर
सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०
सदस्य: उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५
सदस्य: विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२
सदस्य: दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेलम्ची खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्