जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क लठ्ठी सहयोग
तानसेन, माघ २ गते । पाल्पाका जेष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निशुल्क लठ्ठी प्रदान गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाभित्रका तीन हजार पाँच सय बढी जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई लठ्ठी (लौरो) निशुल्क प्रदान गरिएको हो ।
बगनासकाली–२, का समाजसेवी पदम रानाले जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई लठ्ठी प्रदान गर्नुभयो । बगनासकालीका नौँ वटै वडामा पुगेर रानाले लौरो प्रदान गर्नुभएको हो ।
जेष्ठ नागरिक हिँड्न, डुल्न प¥यो भने त्यसको साहारा लठ्ठी हो, त्यसैले उहाँहरूलाई केही साहारा पुगोस् भनेर लठ्ठी सहयोग गरेको समाजसेवी रानाले बताउनुभयो । उहाँले गाउँमा अभाव र दवावबीचमा बसेका अपाङ्गता भएका नागरिकलाई समेत आफूले साहारा मिलोस् भनेर लठ्ठी प्रदान गरेको बताउनुभयो ।
“लठ्ठी सुन्दा सानो बस्तु होला तर असाहाय, जेष्ठ नागरिक र अपाङ्गता भएकाका लागि ठूलो साहारा हो”, उहाँले भन्नुभयो । लठ्ठी पाएपछि जेष्ठ नागरिक खुसी भएका छन् । बुढेशकाल प्रवेश गरेपछि समाज र परिवारबाट साहाराको आशा गरेका बेला लठ्ठी पाउँदा खुसी लागेको बगनासकाली–३, नायरकी ९२ वर्षीया सूर्यकुमारी कुँवरले बताउनुभयो । उमेरका कारण कसैको साहाराको आशामा बाँचेकाले लठ्ठी पाउँदा धेरै खुसी लागेको उहाँले बताउनुभयो ।
समाजसेवी रानाले जिल्लाका दश बढी विद्यालयमा २५ लाख बढीको अक्षयकोषसमेत स्थापना गर्नुभएको छ । विभिन्न विद्यालयमा अध्ययन्रत विपन्न विद्यार्थीलाई अध्ययन्मा सहयोग पु¥याउने गरी आफूले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अपाङ्गता भएका महिला महासङ्घ, #जेष्ठ नागरिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्