बाघभैरवका पूर्वशिक्षक भण्डारी सम्मानीत
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका पूर्वशिक्षक रामप्रसाद भण्डारी सम्मानीत भएका छन् । ठोकर्पास्थित बागभैरव माविमा लामो समय अध्यापन गरेर शिक्षक भण्डारीलाई राष्ट्रिय शिक्षक संगठन सुनकोशीले सम्मान गरेको हो ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले उनलाई दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् । भण्डारी २०३६ साल फागुन ६ गतेदेखि शिक्षण पेसामा थिए । पेड्कुस्थित देवी प्राविबाट अस्थायी नियुक्ति लिएर शिक्षण सुरु गरेका उनले २०३७ साल भदौदेखि जनजागृति प्रावि कालिकाको प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका छन् ।
२०५१ सालदेखि २०७६ साउनससम्म ठोकर्पास्थित बाघभैरब माविका गरी जम्मा साढे ३९ वर्ष शिक्षण सेवामा बताएका उनको कर्मलाई कदर गर्दै सम्मान गरिएको संगठनले जनाएको छ । जीवनको ऊर्जाशील समय शिक्षण सेवामा खर्चेका भण्डारीलाई सम्मान गर्न पाउँदा आफूनै गर्वानुभूत भएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए । कार्यक्रममा पूर्वशिक्षक तोयानाथ प्याकुरेल र सानुकाजी अधिकारिलार्इ पनि सम्मान गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #बाघभैरवका पूर्वशिक्षक भण्डारी सम्मानीत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्