सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन
कैलाली, पुस २७ गते । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको छ ।
आज नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यम स्तरको काम भने गरिरहेको उल्लेख गर्नुभयो ।
“हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बिच छलफल हुने नै छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यम स्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।”
उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताउनुभएको छ । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उहाँको भनाइ थियो ।
जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उहाँले सरकार सुशासनको अभियानमा रहेको उल्लेख गर्नुभयो ।
उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास काँग्रेसको नेतृत्वमा भएको भन्दै यसबिच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गर्नुभयो । उहाँले सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्