चीनले उत्पादन गरेको बिजुली लैजानेमा भारतको ‘रिजर्भेसन’ छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले उत्पादन गरेको बिजुली किन्ने कुरामा भारतको ‘रिजर्भेसन’ रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बिजुली उत्पादनमा सबै स्वतन्त्र रहेको बताए।
‘दीर्घकालीन विद्युत व्यापार परियोजनामा भारतीय कम्पनीले मात्रै बनाएको लैजाने भन्ने हैन,’ प्रधानमन्त्री दाहालले भने, ‘विद्युत उत्पादनमा सबै स्वतन्त्र छन्। यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ। चीन सरकारले भनिदिनु भएन, ग्लोबल टेन्डरबाट भन्नुपर्यो भनेर चीनले भनिरहेको छ। हामीले छलफल गरिरहेका छौं।’
गत पुस १९ गते नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली निर्यात गर्न सक्नेगरी विद्युत व्यापार सम्झौता भएको थियो।
‘नेपालमा उत्पादन भएको बिजुली लैजाने भनिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ।’
उनले ग्लोबल टेन्डरबाट चिनियाँ कम्पनीले विद्युत उत्पापदन गरेको छ भने त्यसलाई चीनले उत्पादन गरेको भनेर नबुझिदिन भारतीय पक्षलाई कन्भिन्स गराउने पक्षमा आफूहरू रहेको बताए।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्