भत्किने अवस्थामा ट्राफिक कार्यालय
सप्तरी, २४ गते । सप्तरीको जिल्ला ट्राफिक कार्यालय जीर्ण भएर बस्न अयोग्य भइसकेको छ । देशको पुरानो मध्येको एक हो सप्तरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय । वर्षौँदेखि यो कार्यालयको भौतिक संरचना निर्माणमा कसैको चासो नहुँदा यहाँको भवन जीर्ण बनेको हो ।
कार्यालय प्रमुखको रूपमा इन्स्पेक्टर सहित ३२ जनाको दरबन्दी रहेको यहाँको भवनमा स्थापना कालदेखि हालसम्म २६ वटा कार्यालय प्रमुख फेरिसक्यो तर कार्यालय भवन कहिले बनेन ।२०७२को भूकम्प यता भवन कामकाज सञ्चालन गर्नै नसक्ने तथा बस्नै नहुने गरी जीर्ण भइसकेको कार्यालय प्रमुख मेदानी प्रसाद साहले बताउनुभयो । साल २०५५ मा स्थापना भएको यो कार्यालयले सप्तरीको सडक सुरक्षादेखि यातायात व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा सक्रिय काम गर्दै आइरहेको छ ।
कार्यालय संरचना मर्मत र पूर्ण निर्माणको लागि कार्यालयले सरोकारवाला निकायहरूलाई दर्जनौँ पत्र मार्फत आग्रह गरिसकेको छ । तर वर्षौँ बितिसक्दा नेपाल सरकारले भवन निर्माणमा चासो नलिँदा कार्यालय प्रमुखदेखि ट्राफिक प्रहरी जवानहरूलाई बस्न समस्या भएको हो । कार्यालयको आफ्नै प्रशस्त जग्गा हुँदाहुँदै भवन अभावमा हामीलाई भाडाको घरमा बस्नु परेको कार्यालय प्रमुख साहले भन्नुभयो । राती ड्युटी हुने हामी धेरैले त चर्केको जीर्ण भवनमै ज्यानकै जोखिम उठाएर पनि बस्नु परेको पेसागत बाध्यता रहेको ट्राफिक प्रहरी जवानहरू बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #जिल्ला ट्राफिक कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्