प्रभावकारी भएन स्वास्थ्य बिमा कार्यक्रम
हिले, पुस २३ गते । धनकुटामा हालसम्म ४२ हजार १ सय ८९ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको २८ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार धनकुटाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ९ सय ८४ छ ।
धनकुटामा अझै ७२ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमा पहुँच बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा तीन हजार पाँच सय रुपियाँ तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्यको सात सय रुपियाँका दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गरेको छ । सरकारले बिमामा आबद्ध पाँच जना सदस्यलाई वार्षिक एक लाख रुपियाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको छ ।
जनचेतना र गरिबीका कारण अझै पनि केही नागरिक स्वास्थ्य बिमामा आबद्ध हुन नसकेका हुन् । यसको महत्त्व धेरै भएपनि जानकारी नभएको तथा आर्थिक अभावको कारण गर्न नसकेको हुनसक्ने स्थानीय टङ्कबहादुर राईले बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२-७३ देखि यो कार्यक्रम लागु भएको हो । धनकुटामा भने २०७७ सालदेखि स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बिमा बोर्ड धनकुटा संयोजक नमिता खतिवडाले बताउनुभयो ।
धनकुटामा स्वास्थ्य बिमामा आबद्ध भएकालाई विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट स्वास्थ्य बिमाको सुविधा पाउने व्यवस्था गरिएको छ । धनकुटा अस्पतालमा दैनिक एक सयदेखि १ सय ५० जना बिमित उपचार गराउन आउने गरेका छन् । बिमामार्फत सरकारी तथा सरकारले तोकिएका अस्पतालले औषधि बाहेकका सबै सेवा उपलब्ध गराउँदै आएको छ । तर, बिमा पोलिसि अनुसार सरकारले समयमै आवश्यक रकम उपलब्ध नगराउँदा पर्याप्त औषधि खरिद गर्न समस्या हुने गरेको छ । जसकारण बिमामा आबद्ध नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या हुने गरेको धनकुटाका अस्पतालका निमित्त प्रमुख अमिताभ ठाकुरको भनाइ छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सबै नागरिकको ५० प्रतिशत स्वास्थ्य बिमा रकम तिर्न थालेको छ त्यस्तै साँगुरीगढी गाउँपालिकाले दलित समुदाय र महिला स्वास्थ्य स्वयंसेवीकाहरुको स्वास्थ्य बिमा बिमा बापतको रकम तिर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #स्वास्थ्य बिमा कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्