त्रिवि उपकुलपति माग्दै फेरि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दोस्रो पटक दरखास्त आह्वान भएको छ।
त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको छ।
यसअघि निकालेको सूचनामा उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि उक्त सूचना रद्द गरिएको थियो।
प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति अनुभवसम्बन्धी बुँदा हटाएर दायरा फराकिलो हुने गरी सूचना जारी गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री दाहालले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने बताइरहेका छन्।
त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना सच्याउँदै सोमबार पुन: गोरखापत्रमा त्रिवि उपकुलपति माग गर्दै दरखास्त आह्वान गरेको हो।
त्रिवि उपकुलपति नियुक्ति गर्न ढिलाइ हुँदा कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ। भुसाल त्रिविका शिक्षाध्यक्ष हुन्।
उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएको थियो।
विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #त्रिभुवन विश्वविद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्