भारतीय दूतावासको २० करोड लगानी षडयन्त्रपूर्ण योजना हो : ईश्वर पोखरेल
पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पुर्याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताउनुभएको हो ।
‘कुनैबेला दूतावासले तीन करोड वितरण गर्दथ्यो । पछि पाँच करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो । अहिले २० करोड पुर्याइएको छ । यो हाम्रो राष्ट्रको बजेट अन्तर्गत होईन । कुनैपनि मुलुकको दुतावासले नेपालभित्र आएर पैसा वितरण गरेर आफ्ना मान्छे बनाउने योजनाको एउटा डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ,’ उहाँले भन्नुभयो,‘नेकपा एमाले त्यो सहमति वा सम्झौताको विरोध गर्दछ । असहमति प्रकट गर्दछ । सम्झौता राष्ट्रिय हित विपरीत हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रमा र्हास आउने कुरा हो ।’
फरक प्रशंगमा पोखरेलले अहिले जातीय सद्भावलाई खलबल्याउन पहिचानको नाममा आगो सलकाउने काम भएको पनि टिप्पणी गर्नुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्