Techie IT
आईतबार, जेठ १७,२०८३

डा. गोविन्द केसीसहित सात प्रदर्शनकारी पक्राउ


पुस । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा. गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार काठमाडौंको माइतीघरमा सशस्त्र द्धन्द्वका पीडितलाई न्याय एवम सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखेर आन्दोलनमा उत्रिएका डा.केसीसहितका प्रदर्शनकारी पक्राउ परेको डा.केसी निकट संजिव कार्कीले जनाएका छन् ।

शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दबावमुलुक कार्यक्रम आयोजना गरेको थियो । सोही अभियानमा सहभागी भएका डा. केसीसहित पुकार बम, शशीविक्रम कार्की लगायतका प्रदर्शनकारी पक्राउ परेका हुन् ।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. गोविन्द केसी


तपाईको कमेन्ट लेख्नुहोस्