एमालेमा राष्ट्रियसभाको उम्मेदवारका लागि कोशीबाट ७ जनाको नाम सिफारिस
विराटनगर । नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ ।
राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा कोशी प्रदेशबाट महिला १ र अन्यतर्फ १ जना सदस्य छनोट हुनेछन् । एमाले कोशी प्रदेशका पदाधिकारीको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएकामा झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घले, इलामकी रजनी मेचे तथा सुनसरीका मेचीमाया धिमाल र रुक्मिणी कोइराला छन् ।
राष्ट्रिय सभामा हाल सदस्य रहेका कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिँदैछ । त्यही दुई सिटका लागि ११ माघमा निर्वाचन हुन लागेको हो ।
यसअघि नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य र डिला संग्रौलासहितको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले पनि ७ जनाको नाम सिफारिस गरेको छ । अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, लक्ष्मी न्यौपाने, चम्पा कार्कीलगायतको नाम माओवादीले सिफारिस गरेको हो । राष्ट्रिय सभाका लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।
प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् ।
सांसदहरुतर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।
१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् ।
पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##एमालेमा राष्ट्रियसभाको उम्मेदवारका लागि कोशीबाट ७ जनाको नाम सिफारिस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्