विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प
विराटनगर । लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइकन विद्युत महशुलको विषयलाई लिएर विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन ठप्प हुनेगरी विद्युत लाइन काटिएको सम्वन्धमा उद्योगीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला भनेर प्रश्न उठाएका छन् ।
उत्पादन ठप्प हुँदा रोजगारी, राजश्व तथा बैंक व्याज भुक्तानी, बजार शृङ्खला लगायतको क्षेत्र प्रभावित भएको उनीहरुले जनाएका छन् ।
विद्युत आपूर्ति बन्द भइ औद्योगिक कलकारखाना बन्द हुँदा उत्पादन प्रभावित भएको तर सरकारले समस्याको गम्भीरतालाई आत्मसात गरी न्यायोचित समाधानका लागि पहल गर्न नसकेको जनाइएको छ ।
डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरु बिच हँुदै आएको रस्साकस्सी र आ–आफ्नो अडानका कारण पेचिलो बनेको यो बिषयलाई न्यायोचित समाधान खोजिनु पर्दछ भन्ने माग उद्योगीले अघि सारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्युत आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सुचारु गरी त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई न्यायोचित निरुपण गरी निजी क्षेत्रले समेत न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरुमा जोडदार माग गर्दछौ ।’
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघका अध्यक्ष पवन सारडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्