राष्ट्रियसभाका सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धन दल एमालेलाई समेत साथै लिएर अघि बढ्न तयार भएका छन् ।
बुधबार बसेको बैठकमा नीतिगत समझदारी भएपनि सिट संख्यामा टुंगो नलागेपछि बिहीबार फेरि छलफल गर्ने गरी बुधबारको बैठक सकिएको थियो ।
एमालेलाई कति सिट दिने भन्ने विषयमा गठबन्धनमा प्रश्न उठेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारे एमाले र गठबन्धन दुवैसँग पटक पटक छलफल गरेर समझदारी बनाएपनि सिट संख्याबारे सहमति भएको छैन ।
बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव के हो भनेर सोधेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले त्यसबारे थप छलफल गर्नुपर्ने बताएपछि बैठकले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव लिएर आउन आग्रह गरेको थियो ।
बिहीबार विहान दाहालले एमाले नेताहरूसँग छलफल गर्ने र त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच हुने नेताहरूले बताएका छन् ।
११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##Hotnews #राष्ट्रियसभाका सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्