जानकी मन्दिरबाट कोसेली लिएर टोली अयोध्यातर्फ
जनकपुर । धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार(कोसेली)सहितको टोली प्रस्थान गरेको छ । अयोध्यामा नवनिर्मित प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो ।
बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन् । भार निस्किनु अघि जानकी मन्दिर प्राङ्गणमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ ।
सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।
भारसहितको टोली जलेश्वर हुँदै सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढिमाई र विरगञ्जमा पुगेर रात्री विश्राम गर्ने र भोलि(शुक्रबार) पुनः विरगञ्जबाट रक्सौल नाका हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जनाइएको छ ।
अयोध्यामा रात्री विश्राम गरी शनिबार विहान सम्पूर्ण भार राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गरी मन्दिर दर्शन गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##जानकी मन्दिरबाट कोसेली लिएर टोली अयोध्यातर्फ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्