वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए।
घाइतेमध्ये १४ जना भारतीय नागरिक छन्।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।
भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी छन्।
त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिकाऔ-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल लगायत छन्।
क्याटेगोरी : समाचार
ट्याग : ## तनहुँमा बस दुर्घटना, ##breaking news
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्