Techie IT
बिहीबार, कात्तिक २७,२०८३

अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटिको अधिवेशन हुँदै


काठमाडौं । अखिल नेपाल महिला संघ एमाले तारकेश्वर नगर कमिटिको दोस्रो नगर अधिवेशन हुनेभएको छ । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, सहभागिताको लागि सुदृढ संगठन भन्ने नारासहित अखिल नेपाल महिला संघको दोस्रो नगर सम्मेलन पौष २० गते शुक्रबार कान्तिपुर एबि पाटी प्यालेसमा हुदै छ ।

महिला नेतृ एवं एमाले काठमाडौ जिल्ला कमिटिका सदस्य साबीत्रा शर्माका अनुसार सो अधिवेशन बिहान १०ः३० बजेबाट सुरु हुने छ । शर्माकाअनुसार एमालेले मिसन ८४ अन्तर्गत भातृ संगठनहरुलाई मजवुत बनाउन भेला गरेको हो ।

कार्यक्रममा तारकेश्वर भित्रका सबै वडाका महिला संगठनहरुको सहभागिता रहनेछ भने  कार्यक्रमको प्रमुख अतिथिमा अखिल नेपाल महिला संघकी अध्यक्ष टुका भद्र हमाल रहनुहुनेछ भने बिषेश अतिथिहरुमा नेकपा एमाले काठमाडौंका ईन्चार्ज आनन्द पोखरेल , जिल्ला अध्यक्ष दिपक निरौला रहनुहुनेछ ।

साथै प्रदेश , जिल्ला कमिटिका सदस्यहरु , तारकेश्वर नगर कमिटिका इन्चार्ज पलाधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अखिल नेपाल महिला संघ एमाले तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्