लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ
विराटनगर । नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन् ।
अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रुपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् ।
अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरुले बिरामीबाट काउन्टरमा संकलित रकम हिनामिना गरेको पाइएको छ ।
त्यसरी संकलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरुले हिनामिना गरेको पाइएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्