Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बुढानीलकण्ठमा चार्जिङमा राखेको एमजी गाडीमा आगलागी


पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको  विद्युतीय गाडीमा आगलागी भएको छ ।  बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको  हो ।।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको प्रहरीले बताएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #बुढानीलकण्ठमा चार्जिङमा राखेको एमजी गाडीमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्