विद्युतको विवादले श्रमिकलाई सास्ती नदेऊ
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न उद्योग प्रतिष्ठानहरू र नेपाल विद्युत प्राधिकरणकाबीचको विवादले विद्युत कटौती हुँदा श्रमिकहरू मारमा पर्ने अवस्था बनेको भन्दै ध्यानाकर्षण गराएको छ । प्रजातन्त्रवादी श्रमिकहरूको महासंघ ट्रेड युनियनका महासचिव अजयकुमार राईले मंगलबार विज्ञप्तिमार्फत् उद्योगी र प्राधिकरणको विवादका कारण श्रमिकहरूलाई मारमा नपार्न आग्रह गरेका छन् ।
‘उद्योग, प्रतिष्ठानहरु बिजुलीको महसुल तिर्न नसक्ने भनिरहेका छन् भने प्राधिकरण जसरी पनि महसुल उठाउने, महसुल नतिर्ने उद्योग प्रतिष्ठानहरुको बिजुली काटिन थालेका छन् । हाम्रो दुवै निकाय, उद्योग तथा प्रतिष्ठान र प्राधिकरणलाई प्रश्न छ, यति लामो समयसम्म बिजुलीको महसुल भुक्तान गराउन प्राधिकरण किन अग्रसर भएन ? यति लामो समयसम्म उद्योग प्रतिष्ठानहरुले पनि किन बिजुलीको महसुल तिरेनन् ?,’ राईले विज्ञप्तिमार्फत् प्रश्न गरेका छन ।
उनले यस्तो घटनाक्रमले आमश्रमिकहरू नै मारमा पर्ने अवस्था बनेको भन्दै विवादित मुद्दा लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु नहुने धारणा राखेका छन् ।
‘उद्योग प्रतिष्ठानहरु र प्राधिकरणबीच भएको विवाद के हो ? त्यसको सत्यतथ्य छानविन र सरोकारवाला पक्षहरु समेतलाई राखी तत्काल समस्याको समाधान निकाल्न सरकारलाई अनुरोध गर्दै श्रमिकहरुलाई काम गर्ने अधिकारबाट बञ्चित नगराउन सम्बन्धित सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्युतको विवादले श्रमिकलाई सास्ती नदेऊ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्