देशलाई भयावहबाट जोगाउन कठोर कदम चाल्ने रामराज्य परिषद्को घोषणा
काठमाडौं । आध्यात्मिक संगठन रामराज्य परिषद्ले मुलुकलाई भयावह परिस्थितिबाट जोगाउन कठोर कदम चाल्ने घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदैं परिषद्ले मुलुकलाई भयावह स्थिति र विकराल परिस्थितिबाट जोगाउन, असहाय नेपाली जनताको शोषण गर्ने नास्तिक राज्य व्यवस्थालाई विस्थापित गर्न धर्मयुद्ध वा असहयोग आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै कठोर कदम चाल्ने घोषणा गरेको हो ।
परिषदले विज्ञप्तीमा भनेको छ, ‘नेपालकै एकमात्र शक्तिशाली आध्यात्मिक संगठन रामराज्य परिषद्ले मुलुकलाई भयावह स्थिति र विकराल परिस्थितिबाट जोगाउन पनि कठोर कदम चाल्ने दृढ निश्चय गर्दछ । जवसम्म राष्ट्रघात, जनघात, धर्मघातमा तल्लिन, असहाय नेपाली जनताको शोषण गर्न खप्पिस, नास्तिक राज्य व्यवस्थालाई विस्थापित गरिँदैन, तबसम्म धर्मयुद्ध वा संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन वा असहयोग आन्दोलन गर्नुको विकल्प छैन ।’
साथै संगठनले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक प्रत्येक क्षेत्रमा आमूल परिवर्तन गर्न संगठन दृढ संकल्पित रहेको भन्दै बहुदलीयताको सट्टा दुई दलीय राज्य व्यवस्था र संसदीय प्रणालीको सट्टा रामराज्य व्यवस्था संचालन गरिने दाबी गरेको छ ।
रामराज्य शासन व्यवस्थालाई धर्ममा आधारित होईन, साम्यवादी समतावादी व्यवस्था भन्नु पर्ने र यो संसार आध्यात्मिक÷वैदिक साम्यवाद वा आध्यात्मिक राज्य प्रणालीको रूप हुनुपर्ने परिषदको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देशलाई भयावहबाट जोगाउन कठोर कदम चाल्ने रामराज्य परिषद्को घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्