बालकुमारी घटना :कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय
काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले बालकुमारी घटनामा होनाहार दुई जना नवयुवकको ज्यान गएको उल्लेख गर्दै बल प्रयोग समस्याको समाधान होइन भन्ने बताएका हुन् । उनले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताएका छन् ।
अध्यक्ष ओलीले घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन् । ‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो । बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ ।’ अध्यक्ष ओलीले भनेका छन् ‘घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर । ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् !’
ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #breakng, #बालकुमारी घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्