जिल्ला समन्वय समिति काठमाडौंद्धारा ११ वटै स्थानीय तहमा वित्तिय सुशासनको अनुगमन गर्ने
काठमाडौँ । काठमाडौँका स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनका लागि भोलि पौष १२ गतेदेखि २० गतेसम्म जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीको नेतृत्वमा पालिकामा गएर अनुगमन गर्ने जनाइएको छ । जिल्ला समन्वय समिति काठमाडौँले आज ” स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन अभिमुखीकरण” कार्यक्रमको आयोजना गरी सो कुरा बताइएको हो ।
स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले स्थानीय तहहरू कुन अवस्थामा छन् ? कुन पालिकाको कुन पक्ष बलियो छ ? कुन पक्ष कमजोर रहेको छ ? यसलाई सूचित गर्ने काम स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनले गर्ने बताए । उनले यसले कमजोरीलाई सच्याउँदै सबल पक्षलाई बढावा दिन सहज हुने पनि बताए । स्थानीय तहले कानुनी र व्यवहारिक रूपमा कार्य सम्पादन गरेका कुराहरूको डकुमेन्टेसन भएमा सुशासन कायम गर्न पनि सहयोग हुने समन्वय प्रमुख बुढाथोकीको भनाइ थियो ।
काठमाडौँ जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालले स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनका लागि कार्ययोजना बनाएर नै अगाडि बढिने बताए । यसबाट जिल्ला समन्वय समितिले राम्ररी समन्वय गरेको रहेछ या रहेनछ भन्ने गुनासो या प्रशंसा दुवै थाहा पाउन सकिने पनि समन्वय अधिकारी शिवप्रसाद रिजालको भनाइ थियो ।
स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन संघीय मामिला मन्त्रालयको कार्यक्रम हो । यसले वित्तिय सुशासन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामुखी एवं उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भए पनि छलफल गर्ने तर कार्यान्वयनको पाटो फितलो रहेको सहभागीको भनाइ थियो । यसलाई व्यवहारमा उतार्न र उपलब्धीमूलक बनाउन जिल्ला समन्वय समिति काठमाडौँले भने सक्रिय रूपमा अगाडि बढ्ने बताएको छ । कार्यक्रममा काठमाडौँ महानगरलगायत काठमाडौँ जिल्लाका सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत/फोकल पर्सनको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #'hot, #जिल्ला समन्वय समिति काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्