Techie IT
बिहीबार, कात्तिक २७,२०८३

२१ प्रहरी सम्पर्कविहीन


काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन् ।

जानकारीबिनै आफूखुसि १ महिनाभन्दा बढि समयमा विदा बसेपछि प्रहरी प्रधान कार्यालयले खोजि गरेको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले बुधबार एक सूचना जारी गर्दै एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #२१ प्रहरी सम्पर्कविहीन


तपाईको कमेन्ट लेख्नुहोस्