अरुण बरुण सहकारीको अध्यक्षमा कटुवाल सर्वसम्मत निर्वाचित
खांदबारी – संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् ।

मंगलबार खाँदबारीमा आयोजित चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन भने ७ सदस्यीय सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् ।

अरुणबरुण सहकारी संस्थाको केन्द्रीय कार्यालय खाँदबारी र तुम्लिङटारमा समेत शाखा कार्यालय स्थापना गरि कारोबार भइरहेको छ । संस्थाले यो बर्षमात्रै ३ करोड ६५ लाख रुपैया बराबरको कारोबार गरेको छ भने संस्थाले १० लाख रुपैया नाफा कमाएको अध्यक्ष इश्वरकाजी कटुवालले बताए ।
अरुणबरुण सहकारीले सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ । विश्वभर कोरोनाबाट भयावह भएको समयमा अरुणबरुण सहकारीले खाँदबारीको क्वारेन्टाइनमा रहेका बिरामीलाई लक्षित गरि खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेका थिए । अन्य समयमा समेत विभिन्न सामाजिक कामहरु समेत गर्दैआएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #अरुण बरुण सहकारी खाँदबारी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्