अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको छः सांसद वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको बताएका छन् ।
बिहीवार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरु बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरुमा बदलाव आइरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरुमा पनि धेरै बद्लावहरु आइरहेका छन् । अहिले संरचनागत रुपमा जलवायु परिवर्तनका कुराहरु जोडिने महत्वपूर्ण कुराहरु भइरहेको छ । ठूला संरचनागत परिवर्तनहरु भइरहेको छ । तीन करोडमा एक करोड नेपालीहरु बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरु पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’
सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलोमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् ।
स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरुमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरुमा सुधार आउन नसकेको उनको भनाई छ ।
उनले भने, ‘नियुक्तिहरु बेचविखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेकापट्टाको त कुरै नगरौं ।’
उनले केही नेताहरुले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्याएको समेत आरोप लगाए ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्