निर्माणाधीन परियोजनाहरू अनुगमन गर्दै जनप्रतिनिधि
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्याको समाधान खोज्न पहल पनि सुरु गरेको छ ।
बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालासहितको टोलीले अनुगमन गरेको छ ।
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहभागी टोलीले निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो ।
त्यसैगरी, टोलीले विराटनगर–४ स्थित धावाबन्दी (इक्राही) को सडकको समेत अनुगमन गरेको छ । जग्गा विवाद हुँदा सो स्थानमा सडक निर्माण अवरुद्ध भएको छ ।
टोलीले निर्माणस्थलमै पुगेर स्थानीयसित छलफलसमेत गरेको छ । महानगरको प्राविधिकले नक्साअनुसार नापेर छुट्याएपछि निर्माण सुरु गर्ने स्थानीयसित सहमति भएको छ ।
त्यसैगरी बुधबार नै मेयर कोइराला र उपमेर कार्कीसहितको टोलीले विराटनगर–६ स्थित शान्तिचोक–केशलिया रोड सडकको समेत अनुगमन गरेको छ । महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सो सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
महानगरको आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद रहेको छ । टोलीले स्थानीय घरधनीसित छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको छ ।
महानगरको बहुवर्षीय योजनाअन्तर्गत प्रधानमन्त्रीपार्कसहित ४ करोडभन्दा माथिको लागतमा मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालयलगायत धमाधम निर्माण भइरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्