म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराँती
पुस । विवादास्पद अभिव्यक्ति दिएर आलोचित भइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबैको अभिभावक भएको बताएका छन् ।
बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु भएको र संविधान मान्दिन भन्ने देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।
सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै मन्त्री किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको बताउँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताएका हुन् । ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो’, उनले लेखेका छन् ।
उनले आफूलाई विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन्।
उनले लेखेका छन्, ‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुदन किराँती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्