Techie IT
शनिबार, भदौ २७,२०८३

बालाजुको एक सहकारी संस्थाबाट सिसी क्यामरा तोडमोड गरी १५ लाख ३० हजार चोरी


बालाजुको माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट सिसी क्यामरासमेत तोडमोड गरी रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ ।

रातको समयमा ताला फोडेर चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चोरी


तपाईको कमेन्ट लेख्नुहोस्