Techie IT
बिहीबार, कात्तिक २७,२०८३

कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ


काठमाडौं । कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना गएराति पक्राउ परेका हुन् । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको जनाएको छ । थप यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना मंगलवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्