मेलम्ची विकास समितिले भन्यो– ‘दुई सिफ्टमा काम गराएर २८ दिनमा पानी ल्याउँछौँ’
काठमाडौं । सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ ।
विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौंमा झर्ने बताएका छन् ।
बर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौं झरेको छैन । मर्मत र सरसफाईकालागि कामको जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम समेत अघि बढाएको छैन ।
त्यहीकारण काठमाडौंका स्थानीयबासीले आन्दोलन थालेपछि आयोजनाले २८ दिनमा काम सम्पन्न गर्ने र त्यसपछि काठमाडौंमा पानी आउने प्रतिवद्धता जनाएको हो ।
प्रवक्ता पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको विकास समितिको बोर्ड बैठकले निर्माण व्यवसायीसँग समझदारी बनाएको र हस्ताक्षर समेत गरिसकेको भन्दै अब २८ दिनमा आयोजनाको तत्कालै गर्नुपर्ने काम सम्पन्न हुने र पानी आउने बताए ।
‘तत्काल निर्माण व्यवसायीलाई साईटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ । निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ,’ उनले भने, ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साईटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार जनशक्ति परिचालन गरी पानी पथान्तरणको काम हुनेछ ।’
पथान्तरणपछि मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध हुने समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मेलम्ची विकास समितिले भन्यो– ‘दुई सिफ्टमा काम गराएर २८ दिनमा पानी ल्याउँछौँ’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्