मध्यपहाडी लोकमार्गको लम्बाइ घटाउनुपर्छ
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउनुपर्ने अवस्था देखिएको बताएका छन् ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यसका लागि पार्टीले सञ्चालन गरेको संकल्प अभियानका क्रममामा लोकमार्गको ‘प्राविधिक अडिट’ गर्न प्राविधिकहरूलाई जिम्मा दिइएको बताए ।
प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनुपर्ने औंल्याएको पोखरेलले बताए ।
एमाले सरकारमा हुँदा बनाइएका स्मार्ट सिटी बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै पोखरेलले मध्यपहाडी क्षेत्रमा चहलपहल बढाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक रहेको उल्लेख गरे ।
कोशी प्रदेशमा पहिचानको नाममा एमाले केन्द्रीत विरोधलाई जनताको तहमा अस्वीकार गरिएको पोखरेलले दावी गरे । पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने उनले बताए ।
एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मध्यपहाडी लोकमार्गको लम्बाइ घटाउनुपर्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्