राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीः ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरुको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन् ।\
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे ।
प्रधानमन्त्रीले भने, ‘मेरो परिवारमा सदस्य घट्दै गएर अब तीन जनामात्र बाँकी छौं । एउटी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर, उ उतै बढी इन्गेज छ । अर्कीे छोरी मेरो सचिवालयमा काम गरिरहेकीे छ । बिचरा त्यो कस्ती छ, तपाईंहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रका विरुद्धको हमला हो । यसमा म एकदम क्लियर छु ।’
‘प्रचण्डलाई हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टिँदैन भनेर एकथरि मेरा विरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोलेमात्रै जवाफ दिएको हो । बेलायतमा कम्पनी खडा गर्ने भनिएकोलाई पनि म राम्रोसँग चिन्छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीः ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्