Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने


यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ।

तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको हो।

पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्ने तयारी छ।


क्याटेगोरी : समाचार
ट्याग : #पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने


तपाईको कमेन्ट लेख्नुहोस्