नवराज विकसहित सोती घटनामा मारिएका छ युवाका परिवार काठमाडौंमा, शुक्रबार धन्यवाद र्याली
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा मारिएका जाजरकोटका नवराज विकसहित छ जना युवाका आफन्त काठमाडौं आइपुगेका छन् ।
साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको १९ मंसिरको फैसलाले न्याय पाएको भन्दै पीडितका आफन्त मुद्धामा न्याय दिने न्यायालय, न्यायधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौँ आएका हुन् ।
उनीहरुले शुक्रबार काठमाडौंमा धन्यवाद र्याली निकाल्दैछन् । बिहीबार राष्ट्रिय दलित आयोग पुगेका उनीहरुलाई आयोगले दलित अधिकारकर्मीहरुसमेतको उपस्थितिमा स्वागत गरेको थियो । जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय सामाजिक अपराधको घटनामा अहिलेसम्मकै महत्वपूर्ण न्यायिक फैसला आएको भन्दै दलित अगुवा र अधिकारकर्मीहरुले समेत धन्यवाद र्यालीमा सहभागिता जनाउनेछन् ।
शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपर्छि याली लिएर शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गर्ने कार्यक्रम रहेको दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताए । उनका अनुसार र्यालीका लागि नवराज विकका बुवा मुनलाल नेपालीसहित आफन्तहरु र्यालीका लागि काठमाडौं आएका छन् ।
शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपर्छि याली लिएर शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गर्ने कार्यक्रम रहेको दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताए । उनका अनुसार र्यालीका लागि नवराज विकका बुवा मुनलाल नेपालीसहित आफन्तहरु र्यालीका लागि काठमाडौं आएका छन् ।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए । त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो। उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो। घटनामा अरू १२ जना घाइते भएका थिए।
घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो। त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो। आरोपित ८ जनाले भने सफाई पाएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्