प्युठानमा जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु
२८ मंसिर, प्युठान । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए
उनका अनुसार नाच्दै गाउँदै हिंडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्