रास्वपाको वडा अधिवेशन आजदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ ।
बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो । गएको आमनिर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी संगठन विस्तार गरिसकेपछि अब वडा तहबाट महाधिवेशनको प्रक्रिया अघि बढाएको हो । पहिलो वडा अधिवेशनकालागि सातै प्रदेशमा रास्वपाका केन्द्रीय नेताहरू खटिएका छन् ।
पार्टीको प्रथम महाधिवेशनको प्रक्रियाअन्तर्गत नै वडा तहको अधिवेशन प्रारम्भ गरिएको केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
‘आज एक साथ सात प्रदेशका एक–एक वडाको अधिवेशन हुँदैछ, यसपछि क्रमशः ६७४३ वटै वडाको अधिवेशन अघि बढ्छ,’ उनले भने, ‘त्यसपछि स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरेर केन्द्रीय अधिवेशन गर्ने हो ।’
अधिवेशनका लागि कोशीमा केन्द्रीय सदस्य विजय जैरु, मधेशमा सहमहामन्त्री सुमना श्रेष्ठ, बागमतीमा महामन्त्री मुकुल ढकाल, गण्डकीमा केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियार, लुम्बिनीमा कोषाध्यक्ष लिमा अधिकारी, कर्णालीमा संगठन विभागका प्रमुख शंकर श्रेष्ठ र सुदूरपश्चिममा सहमहामन्त्री विपिनकुमार आचार्य खटिएका छन् ।
पार्टी गठनको छोटो समयमै संसद्को चौथो शक्ति बनेको रास्वपाले हालै महोत्तरीमा बसेको केन्द्रीय कमिटी बैठकबाट सबै सांसदहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो भने पार्टीका पदाधिकारी थप गरेको थियो ।
सो बैठकले कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरी चुनाव जितेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाएको थियो भने सुमना श्रेष्ठलाई सहमहामन्त्री र लिमा अधिकारीलाई कोषाध्यक्ष मनोनीत गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #रास्वपाको वडा अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्