अधिकारको मात्र होइन अब कर्तव्यको पनि ख्याल गरौंः अध्यक्ष तिमल्सिना
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अधिकारको मात्र होइन सबैले आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका छन् । उनले अरुको अधिकार हनन भयो कि भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सबै तह र जिम्मेवारीमा रहेकाहरुले अधिकार मात्र होइन कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका हुन् ।
‘हामीले आफ्नो अधिकार प्राप्तिका लागि धेरै ठूला संघर्ष गर्यौं, अहिले पनि अधिकारकै कुरा गरिरहेका छौं तर कर्तव्य कहाँ छ ?’ अध्यक्ष तिमल्सिनाले भने, ‘त्यसकारण अब अरुको बारेमा कुरा गरौं । आफ्नो होइन अरुको अधिकार हनन भयो कि भनेर ध्यान दिऔं र आफ्नो कर्तव्य आफ्नो सोचौं ।’
नयाँ पुस्ताले नेताहरुको व्यवहारमा ध्यान दिने भन्दै उनले भने, ‘पार्टीका नेताहरुले इतिहासमा त्याग गरेको भनेर अबको पुस्ताले हेदैनन् । अब के गर्छन् भनेर हेर्छन् । इतिहासमा त्याग गरेका नेताहरु अब जे बोले पनि, जे गरे पनि हुन्छ भन्ने कुरा अबको पुस्ताले मान्दैन । त्यसकारण बोल्दा सक्ने कुरा मात्र बोलौं । बोलेको कुरा गरौं । त्यति गर्दा सुशासन प्रवर्द्धन र सन्तुलित विकास गर्ने कुरामा अघि बढ्न सकिन्छ ।’
बजेट पेस गर्दा सदनमा आवाज उठ्छ भनेर सबैतिर अलिअलि देखाउने अनि पछि विस्तारै गएर सकभर कार्यान्वयन नै नगराउने चलन राम्रो नभएको उनले बताए ।
‘असार मसान्तमा हामीले बजेट पास गर्यौं तर आजसम्म संघीय सरकारका योजना बजेट विनियोजन गरेको ठाउँमा टेण्डर भएको छैन अनि कसरी हुन्छ ?’ अध्यक्ष तिमिल्सिनाले भने, ‘देखाउनका लागि बजेट ल्याउने अनि खर्च गर्ने बेलामा आफ्नो खुसीले सारेर अन्त लाने प्रवृत्ति भएर योजना आयोगले नीतिगत हिसाबले बनाएको कुरालाई अर्थ मन्त्रालयले आफ्नो ढङ्गले काँटछाँट गर्ने ? नीतिगत एउटा व्यवस्था गरेपछि त्यसमा अडिन सक्नुपर्छ ।’
पहुँच हुनेहरुकातिर मात्र बजेट गयो भन्ने गुनासो आउने गरेको उनले बताए । ‘जो मन्त्री भयो, सचिव भयो, प्रधानमन्त्री भयो अनि जसले योजनामा कलम चलाउँछ त्यहाँमात्र बजेट जाने अनि कसरी सन्तुलित विकास हुन्छ ?’ अध्यक्ष तिमल्सिनाले भने, ‘त्यसकारण यस्तो कुरामा हामी भन्ने एउटा, गर्ने अर्को भएकाले यस्तो अवस्था आयो ।’
क्याटेगोरी : समाचार
ट्याग : #अधिकारको मात्र होइन अब कर्तव्यको पनि ख्याल गरौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्