काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने
काठमाडौं । काठमाडौँ महानगरपालिकामा आज बुधबार देखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ ।
बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने उनले बताए ।
प्रमुख पौडेलले स्वास्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका रहेको बताए । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उनले बताएका छन् । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइका साथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको दाबी छ ।
काठमाडौँ महानगरपालिकाले यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ । महानगरले ल्याएको यो नियम राम्रो भन्दै धेरैले प्रशंसा गरे पनि कार्यान्वयनमा चुनौती देखिन्छ । विगतमा पनि यस्ता नियम ल्याएको तर कार्यान्वयन नभएकाले चुनौती देखिएको हो ।
महानगरले गएको असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट सुर्ती खान रोक लगाएको थियो । यो नियम अहिलेसम्म कार्यान्वयन भएको छैन । महानगरले सार्वजनिक ठाउँ, मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । नियमको अटेर गर्नेलाई कारबाही हुने महानगरले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्