तोलामा ५६ सय घट्यो सुनको भाउ
२७ मंसिर, काठमाडौं । नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो
मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।
बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो भने पुस १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो । पुस १८ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्