स्मार्ट लाइसेन्स माघ १ गतेदेखि छाप्न सुरु गरिने
काठमाडौं : लामो समयदेखि रोकिएको स्मार्ट सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्ने काम माघ १ गतेदेखि सुरु हुने भएको छ ।
करिब १२ लाख स्मार्ट लाइसेन्स छाप्नका लागि ठेक्का पाएको जर्मन कम्पनी म्युहलबाअरले कार्ड पठाउने भएसँगै स्मार्ट लाइसेन्स छापिने भएको हो ।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले माघ १ गतेदेखि दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको बताएका छन् । पुस ४ गते (डिसेम्बर २० मा) म्युहलबाअरले कार्ड प्याक गरी ढुवानी गर्ने तय भएको छ । त्यसको केही दिनमा कार्ड नेपाल आइपुग्ने र त्यसपछि ‘ल्याब टेस्ट’ गरेर माघ एक गतेदेखि नियमित प्रिन्टिङ सुरु हुने विभागले जनाएको छ
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दैनिक १० हजार वटा स्मार्ट लाइसेन्स कार्ड छापिएमा यस वर्ष (२०८०) भित्रै छाप्न बाँकी सबै कार्ड छापीसक्ने बताएका छन् । हाल १२ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ । जर्मन कम्पनी म्युहलबाअरले पहिलो चरणमा डिसेम्बर २० मा ६ लाख कार्ड पठाउने र त्यसको ४५ दिनपछि थप ६ लाख कार्ड पठाउने तयारी रहेको विभागका महानिर्देशक रिजालले बताए ।
प्रिन्टिङ मेसिन खरिदका लागि चाँडै नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए । उक्त प्रिन्टर खरिद गर्न चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमै १० करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ । हाल चालु अवस्थामा रहेको स्मार्ट लाइसेन्स प्रिन्टरबाट दैनिक चार हजारदेखि चार हजार ५०० सम्म कार्ड छाप्न सकिने विभागका निर्देशक ईश्वरीदत्त पनेरुले बताएका छन्
हालसम्म विभागले ३४ लाखभन्दा बढी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्