प्रभु बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट
काठमाडौं । प्रभु बैंकका ग्राहकले चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सेवा लिंदा विशेष छुट पाउने भएका छन् । अस्पताल र प्रभु बैंक लिमिटेडबीच सोमबार यससम्बन्धी सम्झौता भएको हो ।
प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जयराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका पारिवारले ओम हस्पिटलमा उपचार सेवा लिंदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवामा विशेष छुट पाउनेछन् ।
तीन दशकदेखि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटलले आकस्मिक उपचारदेखि सघन उपचार, पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको छ । निःसन्तान दम्पतीहरुलाई सन्तानसुख प्रदान गर्ने आईभीएफ सेवाको सुरुवात गरेको यो अस्पतालले मातृशिशु सेवा, मूत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा सरकारसँग सहकार्यसमेत गरेको छ ।
हालै बेलायतबाट ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकले ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्