५महिनामा ८२ किलो सुन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट बाहिरबाट गत साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो । राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनबारे अहिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले छानबिन गरिरहेको छ ।
६० किलो सुन बरामद भएको ५ महिना पुग्दै छ । यो अवधिमा भन्सार कार्यालय र प्रहरीले विमानस्थलबाट थप दुई पटक ठुलो परिमाणमा तस्करीको सुन बरामद गरेका छन् । मङ्सिर २१ गते राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डे आफैँ विमानस्थलको एप्रोन एरियामा पुगेर गोरखाका चन्द्र्र घलेलाई नियन्त्रणमा लिए । दुबईबाट आएका ४५ वर्षीय घलेले ज्याकेटमा लुकाएर ल्याएको अवस्थामा १४ किलो सुन भेटियो ।
शनिबार राति विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनलाई भन्सार एरिया पार गरिसकेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले बताए । दुई दिनमा मात्र साढे २० किलो तस्करीको सुन विमानस्थलमा आएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्