भारतमा गुडिरहेकाे कारमा आगाे लागेपछि आठ जना जिउँदै जले
भारतकाे उत्तर प्रदेशस्थित बरेलीमा शनिबार राति कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् ।
बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो । बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो दन्केकाे थियाे ।
गाडी लक भएका कारण भित्र बसेका मानिसहरू तत्कालै बाहिर निस्कन सकेनन् । सामाजिक सञ्जालमा देखिएको फुटेजमा कारलाई आगोले लपेटिएको देखिन्छ ।
प्रहरीले आगो निभाएर कारबाट शव निकालेको थियो । भोजीपुरा नजिकै ट्रकसँग कार ठोक्किएको एसएसपी सुशील चन्द्रभान धुलेले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्