Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एनसेल खरिद-बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन : वर्षमान पुन


माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भएको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी ठूलो आर्थिक चलखेल भएको बताए ।

सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउन नमिल्ने उनको भनाइ छ । उनले बदमासी पुष्टि हुने आधार सरकारसँग रहेको प्रस्ट्याए ।

पुनले आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको बताए । उनले तथ्य र प्रमाणका आधारमा राज्यविरुद्ध ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने बताए । ‘सञ्चार माध्यममार्फत् एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप-२८ को सिलसिलामा देश बाहिर हुनुहुन्थ्यो । आउनेबित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्न सहमत गराउनुभयो । भोलिपल्टै मन्त्तिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ,’ उनले भने ।

यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने उनले बताए। पुनले एनसेल प्रकरणमा कर छली गरी राज्यलाई ठगी तथा देशविरुद्धको काम गरिएको प्रथम दृष्टिमै प्रष्ट हुने गरी तथ्यहरु बाहिरिएको स्पष्ट गरे । वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको चन्दै उनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियान त्यसको ज्वलन्त उदाहरण भएको बताए ।

अघिल्ला प्रकरणमा जस्तै एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गर्ने र दोषी कारबाहीमा पर्ने उनको भनाइ थियो । पुनले केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा समेत सरकार रहेको जानकारी दिए । सरकारले सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई प्राथमिकतामा राखेको पुनले बताए । मुलुकमा दक्षिणपन्थी हावा चलाउन खोजिएको भन्दै जनताको बलमा इतिहासको डंगुरमा मिल्माइसकिएको राजतन्त्र फर्कने कुनै सपना नदेख्न चेतावनीसमेत उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एनसेल खरिद-बिक्री प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्