खांदबारीको पोखरी पार्कमा गौतमबुद्ध सहित देवी देवताको मुर्ति स्थापना (तस्बिर सहित)

खांदबारी । संखुवासभाकाे खाँदबारी स्थित पाेखरी पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ ।
शनिबार बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति प्रतिस्थापन गरेकाे हाे ।
मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताउनुभयो ।
मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्ति प्रतिस्थापन गरेकाे धारणा राख्नुभएको थियो ।
क्याटेगोरी : फोटो फिचर, समाचार, समाज
ट्याग : #hot, #खादबारी, #खाँदबारी नगरपालिका, #पोखरी पार्क, #महेश थपलिया, #मुर्ति स्थापनां, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्