खांदबारीको पोखरी पार्कमा गौतमबुद्ध सहित देवी देवताको मुर्ति स्थापना (तस्बिर सहित)
खांदबारी । संखुवासभाकाे खाँदबारी स्थित पाेखरी पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ ।
शनिबार बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति प्रतिस्थापन गरेकाे हाे ।

मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताउनुभयो ।

मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्ति प्रतिस्थापन गरेकाे धारणा राख्नुभएको थियो ।

क्याटेगोरी : फोटो फिचर, समाचार, समाज
ट्याग : #hot, #खादबारी, #खाँदबारी नगरपालिका, #पोखरी पार्क, #महेश थपलिया, #मुर्ति स्थापनां, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्