वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा पोखरामा, आज र भोलि नि:शुल्क स्किन टेष्ट सेवा दिइँदै
पोखरा । नेपालको नम्बर वान व्युटी सैलुन फेसियल हाउसकी सञ्चालिका तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा विशेष व्युटी ट्रिटमेन्टका लागि पोखरा आएकी छिन् ।
हिजो बिहीबार पोखरा आएकी महराले आज र भोलि (मंसिर २२ र २३ गते) आफ्नो पोखरास्थित आउटलेटमा स्किन टेष्ट तथा अनुहारको विभिन्न समस्याबारे नि:शुल्क परामर्श सेवा दिइरहेकी छिन् ।
महरासँग परामर्श लिन चाहानेले पोखराको चिप्लेढुंगास्थित पोखरा ट्रेडमलमा रहेको फेसियल हाउसको आउटलेटमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले काठमाडौं उपत्यकाभित्र सुन्धाराकै सीटीसी मल, चावहिलस्थित केएल टावर र गणेशस्थानबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
यस्तै उपत्यकाबाहिर पोखरासहित कैलालीको धनगढी र सुर्खेतमा आउटलेट सञ्चालन गरी सेवा दिँदै आएको सौन्दयृविद् महराले जानकारी दिइन् ।
निकट भविष्यमा चितवन र विराटनगरमा समेत आउटलेट सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्