सुक्यो नागदह, हराए नाग
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह, जसको कारण गाउँको नाम नै नागदह बन्यो, अहिले त्यही नागदह संकटमा परेको छ ।
गाउँको बिचमा रहेको नागदह सुक्दै गएको छ । गाउँको नाम नागदह छ तर अब न पानीको दह जम्छ, न पोखरीमा नाग नै छन् । जिल्लाको ऐतिहासिक पोखरी नागदह सुक्दै गएको छ ।
पोखरीमा नाग थान रहेको र त्यहाँ नाग बस्ने भएको कारण सो दहलाई नागदह भनिएको साबिकको नागदह गाविसको पूर्वगाविस अध्यक्ष आसबहादुर तामाङ बताउँछन् । ‘अहिले दह पनि सुक्यो, नाग पनि देखिँदैनन्’, तामाङले भने ।
नागदहमा पोखरीको बिचमा दुई वटा ठुला ढुङ्गा छन् । तिनै ढुङ्गाबाट उडेका दुईवटा चरा मध्ये एउटा नागदहको पहिरे खोला र अर्को तिल्पुङको हिलेखोलामा बसे पछि ठुलो पानी परेको र ती दुवै खोलामा बाढी पहिरो आएपछि नागदहको पानी क्रमशः सुक्दै गएको बुढापाकाहरू बताउँछन् । ‘धेरै पछिसम्म पनि निलो पानी जमिरहन्थ्यो, कहिल्यै सुक्दैन थ्यो, अहिले पानी नै जम्दैन’, तामाङले भने ।
प्राकृतिक रूपमा बनेको दहमा स्थानीयले डिलमा सामान्य ढुङ्गा माटोको गाह्रो लगाइदिएका थिए । पछि डिलमा सिमेन्टको गारो लगाइयो, पोखरी पनि खारियो तर पानी जमेन । एक धारो पनि नियमित पोखरीमा झरिरहन्छ तर पनि पानी जम्दैन । अहिले पोखरीको डिलमा नागको प्रतिमा बनाउने काम पनि भएको छ तथापि पोखरीमा पानी र नाग दुवै अडेका छैनन् ।
यो पोखरीमा पुस मसान्त र माघे सङ्क्रान्ति दिन ठुलो मेला समेत लाग्ने गर्दथ्यो । अहिले पनि स्थानीय भेला भएर सो मेला धान्दै आएका छन् ।
पहिला पोखरीमा नाग खेलिरहेका हुन्थे । त्यसैले पनि नाग हेर्न मानिसहरू जम्मा हुन्थे । अहिले नाग देखिँदैनन् । ‘अब नाग मासिए, दह ठुलो पारियो तर पानी नै जमेन’, तामाङले भने ।
स्थानीयका अनुसार सो पोखरीमा ठुलो स्वरमा कराउने एउटा भ्यागुतो थियो । भ्यागुतो बाहिर आएको बेला स्थानीय ल्हो माइला भन्नेले पोखरी नजिकै बारी जोत्ने क्रममा त्यो भ्यागुतोलाई फालीको चोट लाग्यो र केही दिनपछि भ्यागुतो र्मयो । भ्यागुतो मरेपछि दहको पानी क्रमशः सुक्दै गएको भन्ने अर्को थरीको भनाइ छ ।
जे होस् अहिले नागदहमा पानी जम्न छाडेको छ । ऐतिहासिक र धार्मिक महत्वको सो दहको संरक्षण गरी पानी जमाउने हो भने धार्मिक पर्यटकीय स्थल बन्न सक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुक्यो नागदह, #हराए नाग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्