कृष्णभिरमा मृत्त भेटिएका कलाकार ढकालको हत्या आरोपमा चार जना पक्राउ
काठमाडौं । धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका कलाकार तथा पत्रकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो । धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छन् । पक्राउ परेका ४ जनामध्ये एक जना बसका साहु, एक जना चालक र दुई सहचालक रहेको प्रहरीले जनाएको छ ।
स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए । चार दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते धादिङको कृष्णभिरमा भेटिएको थियो ।
उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए। घरबाट काठमाडौं जान फर्किएका उनी सम्पर्कविहीन थिए । त्रिशुली नदीमा र्याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णभिरमा मृत्त भेटिएका कलाकार ढकालको हत्या आरोपमा चार जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्