तारकेश्वरमा खानेपानीका लागी १ अर्ब ६३ करोडको बजेट गर्ने ब्वस्था प्रधानमन्त्री ‘प्रचण्ड’को उद्घोष
न्यायिक प्रतिष्ठान पडित घर धुरीको समस्य समाधानका लागी पहल हुने
तारकेश्वर काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तारकेश्वर नगरपालिकाभित्र खानेपानी समस्या समाधान गर्ने १ अर्ब ६३ करोड रकम बिनिोजन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता गर्नुभएको माओवादी केन्द्र तारकेश्वर नगर कमिटिका ईज्चार्ज राम कुमार थापाले साझापाना अनलाइनलाई बताउनुभयो ।
तारकेश्वरका बिभिन्न भुभागमा खानेपानीको समस्या हल गर्न नेकपा माओवादी केन्द्र तारकेश्वरले माग पेश गरेपछि यस्तो प्रतिबद्धता गर्नुभएको ईज्चार्ज राम कुमार थापाको भनाई छ । तारकेश्वरमा बृहत खानेपानी योजना लागु गर्ने र सोका लागी बहुबर्षीय योजना अन्र्तगत लागु गरिने भएको हो ।
न्यायिक प्रतिष्ठान पडित घर धुरीको समस्य समाधानका लागी पहल हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तारकेश्वर मनमैजुमा अवस्थीत न्यायिक प्रतिष्ठान वरपरका घरजग्गा पिडितहरुका लागी संसदबाटै समस्या हल गराउने प्रतिबद्धता गरेका छन ।
घररजग्गा हालसावि गर्न नपाउँदा मनमैजुस्थित तारकेश्वर १० का स्थानीयबासी आफ्नो घरजग्गा बैंकमा राखेर बच्चाबच्ची पढाउन, व्यवसाय गर्नबाट समेत बन्चित भएका छन् ।
काठमाडौंका मनमैजुका हालसावि पीडितहरुले आफ्नो घररजग्गा हालसावी गरिपाउँ भन्दै केहि समय अघि मनमैजु मालपोत, नापी कार्यालय, राष्ट्रिय न्यायिक प्रतिष्ठान र तारकेश्वर नगर प्रमुखलाई बुझाएका थिए ।

नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा पुर्याउने तयारी गरेको बताएका छन् ।
‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’
नेपालको इतिहासमा आफू नेतृत्वको सरकारले जस्तो अरु कसैले अहिलेको जस्तो भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि नचलेको जिकिर गरे । पहिलो पटक माओवादीको नेतृत्वमा भ्रष्टाचारविरुद्धको आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्